युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६ प्रतिशत लाभांश वितरण गर्ने
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १२:१२:३
८ फागुन, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको आइतबार बसेको ३० औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो ।
त्यस्तै उक्त सभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७९/८० को साबिक अजोड र युनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण नियुक्ति गरिएको छ ।
साथै, चालु आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको पनि कम्पनीले बताएको छ । साधारण सभासँगै भएको सञ्चालक समिति सदस्यहरूको निर्वाचनमा संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सर्वसाधारण सेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको जनाएको छ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभिए (मर्जर)पछि पहिलो पटक गरिएको कम्पनीको साधारणसभाले लाभांश वितरणका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ ।
कम्पनीको नियमावलीमा सञ्चालकको संख्या र कार्यकाल तथा नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न साधारणसभाबाट स्वीकृति दिइएको छ । दुवै कम्पनी गाभिएपछि गत जेठ १४ गतेदेखि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
मुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
कात्तिक २३, २०८१ शुक्रबार
देशभरको मौसम सफा रहने
कात्तिक २३, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २३, २०८१ शुक्रबार