युवामा देखिएका अस्वाभाविक परिवर्तनप्रति अभिभावक चिन्तित
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १५:१२:४६
८ फागुन, टीकापुर । बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ । अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ ।
समय बदलिँदो छ । समयसँगै हरेक कुरा बदलिँदै जान्छन् । यसरी समयसँगै हरेक कुरा बदलिँदै जानु स्वाभाविक हो तर मानिसमा आएको यो अस्वाभाविक बदलावलाई बुढापाकाहरु अचम्म ठान्न थालेका छन् । मानिसमा नैतिकता र अनुशासनगायत धेरै कुराले ठाउँ नै छोडिसकेको कैलालीका देवीराम जैसी बताउछन् ।
“अहिलेका बालबालिकामध्ये निकै कममा मात्र अनुशासन देखिन्छ । कतिपय बालबालिका चोरी, डकैती, र आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छ”, उनी भन्छन्, ‘‘हाम्रा पालामा हामी अभिभावको निगरानी र नियन्त्रणमा हुन्थ्यौँ, अभिभावकले भनेको सबै मान्थ्यौँ तर अहिलेका बच्चा उग्र देखिन्छन् ।”
ब्राह्मण समाज नेपाल टीकापुर शाखाका अध्यक्ष रामप्रसाद रिमाल उपाध्याय पनि आफू युवा र वयस्क हुँदा समाज, आफन्त नैतिकताका विषयमा निकै संवेदनशील रहेको सम्झन्छन् । “ठूलाबडाप्रति बढो आदर र सम्मान गरिन्थ्यो”, उनी भन्छन्, “तर आजभोलिका युवाले यस्ता संस्कार, संस्कृति र आदर सबै कुरा बिर्सिएजस्तो लाग्छ । बालबालिकामा संस्कार नभए समाज कस्तो होला रु चिन्ता लाग्न थालेको छ ।”
अध्यक्ष रिमाल बालबालिकाको जीवन सुन्दर बनाउने प्रयासमा सबै लाग्नुपर्नेमा जोड दिनुहुन्छ। “मानवीय चोला भनेको एक पटक पाउने चोला हो । मानिसले धर्तीमा रहँदासम्म राम्रो गर्नु, सबैको भलो गर्न र एउटा मानवले गर्नुपर्ने सबै खालका कर्म गर्नुपर्छ”, उनी भन्छन्, “आफ्नो धर्म, नैतिकता, आचरण र व्यवहार सबैभन्दा स्वयं नै व्यक्तिखुसी हुनका लागि चाहिन्छ । संस्कारी मानिसले अरूलाई पनि खुसीसँग जिउन दिन्छ, त्यसैले अहिलेका बच्चाका अस्वाभाविक व्यवहार देख्दा चिन्ता लाग्छ ।’’
पूर्वशिक्षक बलबहादुर रावलको पनि अहिलेका युवाप्रति त्यस्तै गुनासो छ । आफू युवा हुँदा समाजप्रति निकै जिम्मेवार रहेको बताउने उनी अहिलेका युवाले परिवर्तनका नाममा विकृत व्यवहार अँगाल्दै गएको उल्लेख गर्छन् । “बालबालिका गलत बाटो अँगालेका देख्दा मन पोल्छ । विकृति जति सबै किशोरावस्थाबाटै अँगाल्दै आएको देखिन्छन्”, उनी भन्छन् “यस्ता व्यवहार न्यूनीकरण गर्न सरोकारवाला सबैको दायित्व हुन्छ । अब छोराछोरी राम्रा बनाउन जसले सक्छ त्यही मानिस भोलि सम्पन्न र खुसी हुनेछ ।”
पूर्वशिक्षक रावल अभिभावकले बालबालिकालाई खेलका माध्यमबाट होस् या यस्तै सृजनात्मक क्रियाकलापमा व्यस्त बनाइराख्न जरुरी रहेको बताउँछन् । अहिलेका युवा पिँढी देखेर सावित्रा रावल पनि अचम्मित छिन् । उनी अहिलेका युवायुवतीको आचरण र व्यवहार देखेर निकै चिन्तित छिन् । “हाम्रा पालामा पढाइबाहेक घाँस दाउरा काट्ने, गाईवस्तु चराउने र बुबाआमाले भनेकोबाहेक अन्य कुनै पनि काम गर्न आँट आउँदैनथ्यो”, उनी भन्छन्, “अहिलेका युवाको व्यवहार र बानी देखेर डर लाग्छ ।
उनीहरू गलत क्रियाकलापमा संलग्न भएर आपराधिक कार्य गरिरहेका देखिन्छन् । बालबालिकालाई अभिभावकले नियन्त्रण गर्न सकेका छैनन् ।’’ समय सधैँ स्थिर रहँदैन । समयसँगै आफूलाई परिवर्तन गर्नु स्वाभाविक हो तर परिवर्तनका नाममा संस्कार, संस्कृति, आचरण नैतिकता र अनुशासनजस्ता कुरा भुल्ने नहुनेमा बुढापाकाको जोड छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार