भारतीय युवतीले गराइन मन परेको भिजेको अपरहण, परिन थुनामा
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १४:०:४९
१२ फागुन, हैदाराबाद । हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तिनलाई अपहरण नै गरिन । ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन् । त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन् ।
यति मात्र होइन, ती महिला आफ्नो योजनामा सफल पनि भइन् तर विवाहमा भने सफलता पाउन सकिनन् । ती ३१ वर्षीया आरोपी महिला डिजिटल मार्केटिंगसँग सम्बन्धित व्यवसाय चलाउँछिन्। केटा एउटा म्युजिक च्यानलमा एन्कर रहेका छन् ।
सम्पूर्ण मामिला एक विवाह स्थलसँग सम्बन्धित छ। केही व्यक्तिले आफ्नो प्रोफाइलमा भिडियो जकीको फोटो एक विवाह साइटमा पोस्ट गरेका थिए। त्यो प्रोफाइल हेरे पछि महिलाले उनीसँग च्याट गर्न थालिन् । यो प्रोफाइल फोटोमा देखिएका व्यक्तिको होइन भन्ने थाहा पाए पछि उनले इन्स्ट्यान्ट मेसेजिङ एपमार्फत फोटोमा देखिएका भिजेलाई सम्पर्क गरिन् ।
प्रहरीका अनुसार भिडियो जकीले आफ्नो अकाउन्टमा कसैले ठगी गरेर आफ्नो तस्बिर प्रयोग गरेको, यो प्रोफाइल उनको नभएको बताएपछि उनले प्रहरीमा उजुरी समेत दिएका थिए तर यो थाहा पाएपछि पनि महिलाले उनलाई म्यासेज गरि नै रहिन । जसका कारण भिजे रिसाए र उनको नम्बर ब्लक गरिदिए । तर, भिडियो जकीप्रति महिलाको जोश यति बढ्यो कि उनले उनीसँग विवाह गर्नेसम्म निर्णय गरिन् ।
महिलाले यो समस्या समाधान गर्ने सोचेको प्रहरीले जनाएको छ । त्यही भएर उनले भिजेलाई अपहरण गर्ने योजना बनाइन र यस कामका लागि चार जनालाई राखे । यति मात्र होइन, भिजेको पल पल अपडेट पाउनका लागि महिलाले आफ्नो कारमा एयर ट्याग पनि राखिन् । अन्ततः ती महिला भिजेको अपहरण गर्न सफल भइन् ।
अपहरणकारीहरूले उनलाई कुटपिट गरे र त्यसपछि महिलाको कार्यालयमा लगे। जब भिजेले उनको फोनको जवाफ दिन राजी भए तब महिलाले उनलाई यस सर्तमा त्यहाँबाट जान दिइन्। भिजे महिलाको चंगुलबाट मुक्त हुने बित्तिकै भिजे तुरुन्तै पुलिसमा पुगे र आफ्नो व्यथा सुनाए।
भिजेको उजुरीको आधारमा प्रहरीले महिला र अन्य चार अपहरणकारी विरुद्ध मुद्दा दर्ता गरी सबैलाई पक्राउ गरेको थियो। प्राविधिक कारण उनीहरूको नाम गोप्य राखिएको एनडिटिभीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार