सत्ता गठबन्धनमा संकट : बालकोटमा नयाँ ड्राफट, बालुवाटारमा रुजु
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार २२:४६:४८
२० फागुन, काठमाडौं । एक वर्ष अघि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने गरी बनेको कांग्रेस –माओवादीसहितको सत्ता गठबन्धनमा धरापमा परेको छ । सरकार सञ्चालनमा अविश्वास चलिरहेको बेला बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भएको भेटघाटले अन्ततः गठबन्धनलाई धरापमा पारेको हो ।
त्यसपछि २०७९ पुस १० गते केही दिनका निम्ति बनेर टुटेको गठबन्धनका प्रमुख पात्रहरुबीच ३ घण्टासम्म सघन छलफल भएको थियो । जसमा रास्वपाका रवि लामिछाने,एमाले अध्यक्ष केपी ओली,महासचिव शंकर पोख्रेल,माओवादी उपमहासचिव वर्षमान पुन,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी भएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
यसअघि आजै दिउँसो डेढ बजे बालुवाटारमै भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । विकसित घटनाक्रमअनुसार राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले दावी नछाडेमा जुनसुकै अवस्था आउन सक्ने आँकलन गरिएको अवस्थामा माओवादीले कांगेसलाई देखाउने गरी सत्ताको काँध फेर्ने कोसिसमा लागेको स्रोतको दावी छ ।
बालुवाटार बैठक सकिएपछि एमाले नेताहरु आइतबार राती अबेर बालकोटमा भेला भएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित भेला भएका नेताहरूबीच सत्ता गठबन्धनमा देखिएको समस्या र टीआरसी विधेयकबारे छलफल गरेको थियो । समयमा आइतबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरे लगत्तै उनीहरू बालकोटमा पुगेका हुन् ।
सत्ता गठबन्धनभित्र खटपट चलिरहेको समयमा आइतबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि यसलाई कांग्रेसले निकै महत्वका साथ हेरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारीबारे सत्ता पक्षका मुख्य दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हानथाप चलिरहेका बेला विपक्षी दुई दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफललाई निकै चासोका साथ हेरिएको हो । साथै एमाले नेताहरूको बालकोट बैठक र माओवादी नेताहरूको बालुवाटार बैठकलाई महत्वको साथ हेरिएको छ । जानकारहरूका अनुसार माओवादीले एमालेको साथ खोजेपछि नयाँ गठबन्धनको कसरत शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
बैशाख ३१, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
पाहा मार्न गएका युवा बेपत्ता
बैशाख ३१, २०८१ सोमबार
मोहन्यालका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु
बैशाख ३१, २०८१ सोमबार