नेप्सेमा दोहोरो अंकको वृद्धि, पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट !
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १५:४६:१०
२४ फागुन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार आठ सय ६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार चार सय ८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु नौ करोड ७९ लाख ५६ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य आठ, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज एक सय ७६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो छ दशमलव २१, सामलिङ पावर कम्पनी पाँच दशमलव शून्य दुई, बोटलर्स नेपाल तराई चार दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाएका छन् । आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।
सोमबार उच्च अंकले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो । मङ्गलबार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो । नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो । आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
समिति गठनको टीओआरमा कार्यदलमा सहमति जुटेन
जेठ १०, २०८१ बिहिबार
धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
जेठ १०, २०८१ बिहिबार
चुरेमा कार्यकर्ता नपाल, समितिलाई स्वतन्त्र बनाउ र उत्खनन बन्द गर
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार