अध्यागमनका कर्मचारी सुटुक्क अदालतमा हाजिर, एक लाख धरौटी बुझाएर जिम्मेवारीमा फिर्ता
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १३:१२:१३
२८ फागुन, काठमाडौं । प्रहरीले भिजिट भिसा प्रकरणमा खोजी गरिरहेका सरकारी कर्मचारीले सुटुक्क अदालतमा हाजिर गरी धरौटीमा रिहा भएका छन् । नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोप लागेका फरार अधिकृत विमल पौडेल लगायतका कर्मचारीहरू जिल्ला अदालतबाट धरौटीमा छुटेर कार्यक्षेत्रमा फर्केका हुन् । केही दिन अघि उनीहरू एक्ला एक्लै काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।
तत्कालीन गृहसचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म सहकार्य गरेका पौडेल तथा अन्य कर्मचारीलाई प्रहरीले फरार बनाएर मुद्दा दायर गरेको थियो । ‘अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए, उनी धरौटीमा रिहा भएका छन्’, अदालत स्रोतले भन्यो । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
तत्कालीन अध्यागमन अधिकृतको हैसियतमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुद्दा दायर हुने भएपछि पौडेल कागजी रुपमा फरार भएका थिए । उनै पौडेल हालै काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
अहिले उनी गृह मन्त्रालय हाजिर भइसकेका छन् । पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए थिए । गृहसचिवको सचिवालयमा बसेका पौडेलले कोरोनाकालमा केही निजी क्षेत्रका व्यापारीहरुलाई गाडी छुटाउन कही नरोकिने गरी पास उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन । अख्तियार र गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा सचिवको सचिवालयमा बसेका पौडेल किर्ते अपराधमा मुछिएका हुन ।
अख्तियारमा बसेका पौडेलमाथि सरकारवादी मुद्दा लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सम्पत्ति छानबिन गर्न जरुरी छ । उनीसँगै फरार भएका शैलेन्द्र ढकाल, ताराबहादुर कुँवर, विष्णु अर्याल, कुशल बराल, सुजन फागो विकास डङ्गोल र पीताम्बर रिमाल पनि जिल्ला अदालतमा सुटुक्क हाजिर भएर त्यसै दिन धरौटीमा रिहा भएका छन् ।
अर्याल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा थिए भने डंगोल सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनबाट अध्यागमन पुगेका अधिकृत हुन् । नरवीर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अलग्गै कसुरमा पुर्पक्षका लागि थुनामा छन् । रुसी सेनामा भर्ती हुन गएका एक पूर्व प्रहरीले फर्किएर जाहेरी दिएपछि नरवीर गत मंसिरमा पक्राउ परेका थिए । न्यायाधीश कपिलमणि गौतमको इजलासले माघ २३ गते नरवीर, अरुण दाहाल, मनोज तामाङ र सरोजकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
तर दिनेश ज्ञवाली, रविन अर्याल, पदम लामा, विनोद कार्की र रामप्रसाद भण्डारीलाई भने धरौटीमा छोडेको छ। पाँच लाख धरौटी जम्मा गर्न नसकेपछि गीता शाहलाई पनि जेल चलान गरिएको छ । शाहले भिजिट भिसामा बाहिर जाने मानिस खोज्ने भूमिका पाएकी थिइन् भने दिनेश, रविन र रामप्रसाद नामावली संकलन गर्ने भूमिकामा थिए । संकलित नामावली अनुसार नक्कली कागजात बनाउने जिम्मेवारी मनोज र विनोदको थियो ।
दाहाल, तामाङ र यादवले भिजिट भिसामा पठाउनु पर्नेहरूको नामावली अध्यागमन अधिकृत खड्कालाई दिने गरेको अभियोग छ । ती नामावली अनुसार खड्काले अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो सहितको टीम बनाएर पार गराउने गरेका थिए । खड्का बाहेक अध्यागमनका अन्य अधिकृत भने फरार थिए । उनीहरुमध्ये सात जना अदालतमा उपस्थित भएर एक लाख धरौटीमा रिहा भएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार