प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासत राखिने
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १७:५७:४७
२८ फागुन, काठमाडौं । उच्च अदालत पाटनले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।
उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रूपैयाँले बढी भएको पाइएको थियो ।
यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ । अदालतले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोग उनीहरूमाथि लागेको छ । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । सीआईबीले नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । बैंकका कर्मचारीको मिलोमतोमा एक अर्ब रुपैयाँको ओभर भ्यालुएसनमा ऋण प्रवाह भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
सीआईबीले गरेको अनुसन्धान अनुसार प्रवाह भएको ऋणमध्ये ९९ करोड १९ लाख रुपैंया धितोले खाम्ने भन्दा बढी अर्थात् ओभर भ्यालुएसन भएको देखिएको हो । २०७७ सालमा बैंकले देउराली सहकारी मार्फत ऋण प्रवाह गरेको थियो र देउराली सहकारीका संचालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न कर्मचारीहरूलाई पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार