जौँ बाली लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १३:४९:१९
१ चैत, म्याग्दी । धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।
बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिक कार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताए। त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उनको भनाइ छ । उनले भने, “धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।”
मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जौँ को सातु बनाएर खाने गरेको उनले बताए । मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताए ।
म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जौँले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँ खेती गर्दै आएका छन् ।
बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे सात महिना पछिको वर्षाले किसानलाई राहत
बैशाख २५, २०८१ मंगलबार
अनुदान पाएसँगै व्यवसायिक बाख्रापालनमा चेपाङ समुदाय
बैशाख २५, २०८१ मंगलबार
चितवनका केराले बजार पाएपछि व्यवसायी हर्षित
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी
बैशाख २५, २०८१ मंगलबार
पोखरामा पर्यटकहरूलाई दुःख दिने पाँच जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार