देशभरका इजाजत प्राप्त हतियारको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई गृहले लेख्यो पत्र
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १५:५४:४३
६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सहयोगीले अत्याधुनिक हतियार बोकेको फेला पारेपछि गृह मन्त्रालयले देशभरका इजाजत प्राप्त हतियारको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सोमबार सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका दुईजना सहयोगीहरू इजाजत लिएका हतियारसहित पक्राउ परेपछि गृह मन्त्रालयले मंगलबार यस्तो निर्देशन दिएको हो । सोमबार व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्का र रामकुमार धिमाललाई नियन्त्रणमा लिएको थियो ।
गृहले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृहका एक अधिकारीले दिएको जानकारी अनुसार हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको र मन्त्रालयले हालसम्मको इजाजत दिइएका हतियारको विवरण खोज्न यस्तो निर्देशन दिएको हो ।
गृहले जारी गरेको पत्रमा हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए÷नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए÷नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनु भनिएको छ ।
प्रहरीले एचके ५३ हतियारसहित १०० राउण्ड गोली, म्यागजिन र दुई वटा मोबाइल बरामद भएका थिए । उनीहरू विरुद्ध हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार प्रहरीले कारबाही अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार