विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १७:४५:२६
२० चैत, काठमाडौं । प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा आयोजना भएको विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजले पनि रिरि प्रदर्शन गर्ने मौका पाएको हो ।
विश्वभरका इन्डष्ट्री लिडर, उद्यमी र इन्नोभेटरको बीचमा नेपाली एआई प्रडक्ट रिरि प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको प्रिक्सा टेक्नोलोजीजका निर्देशक अनिरूप घिमिरेले बताए ।
‘वेब समिट कतारमा नेपालमै बनेको एआई रिरि शोकेस गर्नु पाउनु नेपालको लागि गर्वको विषय हो,’ उनले भने, ‘यसले एआईको भविष्यलाई एउटा आकार दिन र एआई प्रविधिको सबैको पहुँचमा पुर्याउने प्रिक्साको प्रतिबद्धतामा थप हौसला मिलेको छ ।’
उक्त समिटमा रिरिलाई अवलोकन कर्ताको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । समिटमा प्रिक्साबाट निर्देशक अनिरूप घिमिरे र मार्केटिङ प्रमुख राजन काफ्लेले प्रतिनिधित्व गरेका थिए ।
रिरि नयाँ पुस्ताको एउटा कन्भरसेसनल एआई हो । यसमा प्रयोग भएको नेचुरल ल्याङ्वेज प्रोसेसिङ र मेसिन लर्निङ एल्गोरिदमले कठिन प्रश्नहरू बुझेर प्रतिक्रिया प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ । रिरिले प्रयोगकर्ता अनुसार कुराकानीको शैली परिवर्तन गर्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार