टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १८:३८:५८
१३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बिहीबार कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १० जनाले गरेको पुनरावेदनमा सुनुवाइ गर्दै अघिल्ला दुई तहका अदालतले गरेको आदेशलाई नै सदर गरेको हो ।
सर्वोच्चले ३ जनालाई मात्र धरौटी र साधारण तारेखमा छाड्न आदेश गरेको छ। आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा छाड्न भनिएको छ।
काठमाडौं जिल्ला अदालतले तत्काल पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले ९ जनाको हकमा थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगेका थिए । रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, डा. ईन्द्रजित राई, सागर राईको हकमा भने थुनामै रहने आदेश भएको छ ।
भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ठगी, सरकारी कीर्ते, संगठित अपराध, राज्यविरुद्धको अपराधलगायत कसुरमा उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको थियो । यसअघि नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँण उच्च अदालत पाटनबाट छुटेका थिए। जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेकामा उच्च अदालतले उनको हकमा धरौटी माग गरेको थियो ।
अब थुनामा रहेकाहरू कम्तीमा जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
पर्यटकको आश्रयका लागि बनाइएका टेन्ट
बैशाख २३, २०८१ आइतबार
फ्रान्सेली नागरिकसहित दुई नेपालीले गरे दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
बैशाख २३, २०८१ आइतबार
आगालागीबाट ललितपुर र भक्तपुरमा ७ जना घाइते, पौने २ करोडको क्षति
बैशाख २३, २०८१ आइतबार
धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुल निर्माण प्रभावित
बैशाख २३, २०८१ आइतबार
घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि...
बैशाख २३, २०८१ आइतबार