तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १७:४०:४९
१४ बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा र त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागको आयोजनामा तीनदिने अनुसन्धनात्मक कार्यशाला तथा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन् गर्दै त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले राष्ट्रिय प्राथमिकता, बजारको आवश्यकता र समाजको चरित्र अनुसारको शिक्षा आजको आवश्यता भएको बताए । रेक्टर केसीले भने, ‘दक्ष जनशक्ति उत्पादनका लागि औपचारिक र अनौपचारिक शिक्षामा राज्यको लगानी अझै पनि पर्याप्त छैन । राज्यको ठोस योजना र ठोस लगानी शिक्षामा अपरिहार्य छ ।’ शिक्षामा दातृ निकायले भन्दा राज्यले लगानी गर्नुपर्ने उनले जोड दिए । अबको अनुसन्धान राष्ट्रिय आवश्यकता परिपूर्ति हुने खालका हुनु पर्ने बताए ।
दर्शनाचार्य–विद्यावारिधिका विद्यार्थीहरूको क्षमता अभिबृद्धिका लागि विश्वविद्यालयले रिसर्च फण्डको स्थापना गर्ने कार्यक्रम रहेको उनले बताए । विश्वविद्यालयका कार्यसम्पादनमा केही कार्यविधिहरु पुनर्लेखन गर्नुपर्ने औल्याउँदै समय र सन्दर्भ अनुसार परिमार्जन र परिवर्तन गर्न सकिने उनले बताए ।
विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र राईले विश्वविद्यालयका कार्यक्रमहरुमा अनुसन्धान र बौद्धिक लेखन कार्यले ठूलो कायापलट गर्ने बताए ।
बैशाख १६ गते सम्म चल्ने तालिमलाई प्रोफेसर बलराम प्रसाइँ, प्रा. डा. ध्रुव कार्की, डा. भीमलाल गौतम, डा. प्रेम प्रसाद पौडेल, डा. तारामणी राई, डा. अन्जय कुमार मिश्रा, डा. दीर्घराज जोशी, डा. लेखनाथ पाठक, डा. कर्णाखर खतिवडा लगायतका स्रोत व्यक्तिहरुले सहजीकरण गर्नेछन् ।
भाषा विज्ञान विभागका प्रमुख प्रा.डा. बलराम प्रसाईँले विभागमा हुने यस्ता कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने कुरा बताए । यसैगरी डा. भीमलाल गौतमले नवनियुक्त रेक्टरलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा विश्वविद्यालयमा अनुसन्धानमुखी कार्यक्रमहरु सञ्चालन सुझाव दिए ।
तालिममा भाषा विज्ञान, अंग्रेजी, नेपाली, मानवशास्त्र, व्यवस्थापन, अर्थशास्त्र केन्द्रीय विभाग तथा विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसबाट ३५ भन्दा बढी सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार