गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ नहुने
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १२:१२:३३
२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएका कारण सुनुवाइ नहुने भएको हो । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएकाले सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको हो ।
पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ । प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ ।
प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशले मंगलबार सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो ।
संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्चको आदेश देखाउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ६० मा ३० मतलाई बहुमत भन्दै विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेपछि सर्वाेच्चमा रिट हालेका थिए । रिटमा संविधान र गणितको अन्तर्राष्ट्रिय नियम नै बदल्ने गरी सभामुखद्वारा गरिएको घोषणा बदर गरी आफूलाई संविधानको धारा १६८ (३)को मुख्यमन्त्री नियुक्तिको आदेश दिन माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार