सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार ११:८:६
३ जेठ, काठमाडौं । मारवाडी समुदायको वर्चश्व रहेको सिद्धार्थ बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो छ । बैंकको वितरण योग्य मुनाफा ऋणात्मक छ भने प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी पनि घटेको छ ।
बैंकको संचालक समितिको अध्यक्षमा मनोजकुमार केडिया रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा नरेन्द्रकुमार अग्रवाल, राहुल अग्रवाल, दिनेशशंकर पालिखे, अङ्कित केडिया, मीनाकुमारी सैंजु रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुन्दरप्रसाद कडेलदेखि डेपुटी सीईओमा रामेश्वरप्रसाद बस्याल र सहायक सीईओमा शेरबहादुर बुढाथोकी रहेका छन् । यसैगरी बैंक व्यवस्थापनका विभागीय कर्मचारीहरूमा अर्जुनभद्र खनाल, सिर्जनकृष्ण मल्ल, सुरेशराज महर्जन, प्रसन्न खडका, शैलजा ज्ञवाली, मनोहर केसी र प्रदीप पन्त रहेका छन् ।
कस्तो आयो सिद्धार्थ बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले १ अर्ब ६८ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४९ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा १३.०२ प्रतिशतले मात्र बढेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ७ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी १.०३ प्रतिशत घटेको छ । त्यस्तै, संचालन मुनाफा १४.४२ प्रतिशत बढेर २ अर्ब ४४ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा २ अर्ब १३ करोड थियो।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.१० रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १४.२४ रुपैयाँ थियो।
वितरण योग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा २७ करोड १२ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख ऋणात्मक थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ खर्ब २६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १.३५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.९० प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १७.५५ प्रतिशतले बढेर १२ अर्ब ४० करोड पुगेको छ भने संचित मुनाफा २७ करोड ऋणात्मक छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १८६.११ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा घट्दै २.५२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ३.९५ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ८.४६ प्रतिशत पुगेको छ । स्प्रेडदर ३.९९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.१८ प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा प्रुडेन्सियल इन्भेष्टमेन्ट कं. प्रा. लि. रहेको छ । प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३ दशमलव २३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा जम्मा ४ दशमलव २१ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार