ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १३:४८:९
४ जेठ, काठमाडौं । काठमाडौं महानगर क्षेत्रको एकमात्र रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भाडाको घरमा रहेकाले एक्सरे र फार्मेसी सेवा सञ्चालनका लागि ठाउँको अभाव भएको छ । एक्सरे यन्त्र राख्न नौ इञ्च गारोसहितको भवन आवश्यक पर्नेमा सो नहुँदा सेवा दिन समस्या भएको हो ।
यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो । पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो । पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ ।
करबाहेक केन्द्र मासिक रु ८५ हजार भाडा तिरेर सञ्चालन भइरहेको केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा. सुनिता लम्सालले जानकारी दिए । स्थान अभावका कारण एक्स–रे र फार्मेसी सेवा सञ्चालन हुन नसकेको भन्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाएको रु ५० शुल्कबाहेक अरु सबै सेवा निःशुल्क दिने गरिएको उनले बताए ।
केन्द्रमा हाल दैनिक ५० देखि ६० जनासम्म बिरामी आउने गरेका प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार केन्द्रमा हाल १३ को स्वीकृत दरबन्दी भए पनि स्थायी पाँच र करारका पाँच गरी १० जना स्वास्थ्यकर्मी एवं कर्मचारी कार्यरत छन् ।
जनशक्ति पूरा नभएकाले कहिलेकाहीँ बेलुकी ८ बजेसम्म पनि काम गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको गुनासो छ । केन्द्रमा हाल बहिरङ्ग, प्रयोगशाला, इसिजी, खोप सेवा, डट्स, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत सेवा दिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
असोज २४, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
असोज २४, २०८१ बिहिबार
बागलुङमा चङ्गा चेट
असोज २४, २०८१ बिहिबार
महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा
असोज २४, २०८१ बिहिबार