लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार २१:१९:१
४ जेठ, झापा । लागूऔषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतना मूलक अभियान तीव्र बनाइएको छ । स्थानीय सरकार, प्रहरी र समुदाय अभियानमा सक्रिय भएका छन् ।
शिवसताक्षी नगरपालिकाले पालिका भित्रका सबै विद्यालयमा लागूऔषधको कुलत नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगर प्रमुख मेगाहाङ थोप्राले बताए । नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थी माझ अभियान पुर्याउने नगरपालिकाको योजना छ ।
“लागूऔषधको डढेलोले परिवार, गाउँ र समाज सखाप हुँदै गएको छ”, नगर प्रमुख थोप्राले अभियानबारे जानकारी दिँदै भने, “अहिले जसरी दुर्व्यसन फैलिँदै आएको छ, यसको जड बाटै निराकरण गर्ने हो भने विद्यार्थीलाई सचेत गराउनुपर्छ भन्ने निष्कर्षमा पुगेर यो अभियान सुरु गरिएको हो ।”
नेपाल स्काउटको शिवसताक्षी नगर समितिका संयोजक डिगम पराजुलीले गाँजा, चरेस र मदिराको दुर्व्यसनमा फसेका विद्यार्थीलाई मुक्त बनाउन र यसको नकारात्मक असरबारे जागरण ल्याउन अभियानमा स्काउट कार्यकर्ता सक्रिय रहेको बताए ।
मेचीनगरका वडा नं १, २, ३ र ४ मा बाहुनडाँगी जेसिजले विद्यार्थी लक्षित लागूपदार्थको दुर्व्यसन रोकथाम अभियान सञ्चालन गरिरहेको छ । ‘बाहुनडाँगी जेसिजको अभियान लागुऔषधरहित समाजको पहिचान’ नामक एक साता व्यापी अभियानलाई १५ वटा विद्यालयका सात सय विद्यार्थी माझ पुर्याउने लक्ष्य लिइएको जेसिजका अध्यक्ष देबु बानियाले बताए ।
“लागूऔषधका कारोबारीहरूले विद्यार्थीलाई उपभोक्ता बनाएका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको छ”, बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँले अभियानको औचित्य प्रष्ट्याउँदै भने, “यसको नियन्त्रण गर्न विद्यार्थी माझ नै जानुपर्छ भनेर जेसिजले आफ्नै स्रोतसाधनले अभियान चलाएको हो ।”
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा शाखाका प्रहरी नायब निरीक्षक कुमार लामिछानेले पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै लागूऔषधको ओसारपसारमा वृद्धि भएको जनाउँदै यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल प्रहरीले पनि समुदायसँगको साझेदारीमा लागुऔषधविरुद्ध चेतना मूलक कार्यक्रम गरिरहेको जनाएको छ । ब्यूरोले मेचीनगरका विभिन्न विद्यालयमा गएर लागूऔषधको दुर्व्यसनबाट जोगिन विद्यार्थीलाई आग्रह गर्दै आएको लामिछानेले बताए ।
नारी सञ्चार गृह झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ । लागूऔषधको दुर्व्यसन समाजको विकराल समस्या भएको हुँदा यसको न्यूनीकरणमा सञ्चारकर्मीले समेत भूमिका निर्वाह गर्नुपर्छ भनेर गृहले स्थानीय समुदायलाई समेटेर अभियान सञ्चालन गरेको गृहकी अध्यक्ष रेजिना गौतमले बताए ।
बर्सेनि बढ्दै कारोबारी र प्रयोगकर्ता
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा जिल्लामा दुई सय ४० वटा लागूऔषध कारोबारसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् भने तीन सय ७२ जना अभियुक्त पक्राउ परेका छन् ।
झापामा प्रत्येक वर्ष लागूऔषधका कारोबारी र प्रयोगकर्ता बढिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा झापामा एक सय ९० जना लागूऔषधका कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने आव २०७७/७८ मा यो सङ्ख्या बढेर तीनसय ११ पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक यशोदा घलेका अनुसार आव २०७८/७९ मा लागूऔषधका कारोबारी र प्रयोगकर्ता तीन सय नौजना पक्राउ परेका थिए भने दुई सय जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसैगरी आव २०७९÷८० मा तीन सय ३६ जना पक्राउ गरिएको थियो भने दुई सय छवटा मुद्दा दर्ता भएका थिए ।
कारोबारीहरूले सीमा नदीमा पौडी खेल्ने, गाईवस्तु चराउने र घुम्न जाने बहानामा लुकाइ छिपाई लागूऔषध भित्र्याउने गरेको पाइएको छ । पछिल्लो समय प्रहरीले काँकडभिट्टा नाकामा निगरानीका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई आर्थिक सहयोग
मंसिर १८, २०८१ मंगलबार
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन्, “चौका भन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार