चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार ११:४८:१
७ जेठ, काठमाडौं। चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल 'अधुरो प्रेम'मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस'को ६० औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे।
यो चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि चलचित्र 'रङ्गेली' बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ। कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन्। चलचित्रको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो। यस चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट 'अधुरो प्रेम' नै राखिएको छ। साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल 'अधुरो प्रेम' हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ। यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँ पटक सुनिएको छ।
एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा चलचित्र घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए। उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो अडियो नोभेल तयार पारेको बताए। उनले यो नोभेलमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे। तर सो गीत भने चलचित्रमा हुनेछैन।
आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए। 'यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो चलचित्र बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो,' उनले भने, 'मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै 'मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो।' मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।'
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए। 'मैले लगातार सात-आठ महिना देखी चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ। धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन। एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो। म आज तपाईँ सामु जसरी बोलिरहेको छु, २०८२ सालमा चलचित्र रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी चलचित्र बनाउनेछु,' शिशिरले भने। साइग्रेसले अधुरो प्रेम दर्शकको सम्पत्ति रहेकोले जतनसाथ रक्षा गरिदिन शिशिरलाई आग्रह गरे। साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीमार्फत संसार भर रहेका करोडौं नेपालीहरू माझ चर्चित छन्।
शिशिरले दर्जनौं म्युजिक भिडियोहरू र चलचित्रका गीतमा कोरियोग्राफी गरेका छन्। कार्यकारी निर्माता सुवेदीले यसअघि चलचित्र 'रङ्गेली' निर्देशन गरेका थिए। वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको यस चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन। चलचित्रका निर्माण नियन्त्रक मनोज जोशी हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार