आफ्ना अडानमा कति लचिलो हुने भन्ने कुरा पार्टीमा छलफल गरेर फेरी बस्ने गरी उठ्यो कार्यदल
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार ११:४७:५६
८ जेठ, काठमाडौं । संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुगिएको कार्यदलले जनाएको छ । एक चरण पार्टीमा छलफल गर्ने र फेरी बस्ने गरी विहानको छलफल सकिएको कार्यदलले जनाएको छ । रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने विषयमा कांग्रेस अडिक छ । यसमा सहमति हुनसक्ने विषयमा पाटीभित्र छलफल गर्ने र फेरी बस्ने भनिएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरुका अडानमा कति लचक हुने भन्नेबारे सबैले पार्टीसँग छलफल गर्नुपर्ने भएकाले बैठकले कुनै निष्कर्ष दिन सकेन । कार्यदलका सदस्यहरुले पनि बैठक सकारात्मक भएको बताएका छन् । कार्यदलमा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने, सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको बताए ।
कार्यदलको बैठकमा सहमति गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति गरिएको हो । कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए । बैठकमा नेपाली कांग्रेसका प्रतिनिधिले समितिको कार्यादेश नबनाइँदासम्म संसद्को अवरोध कायमै राख्ने जानकारी गराए पनि छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको उनको भनाइ छ ।
सकारात्मक भयो । हाम्रो टिममा बसेर छलफल गर्नुपर्छ । उहाँहरुले पनि छलफल गर्नुपर्छ, उनले भने, बाहिर आएजस्तो सहमति भइसकेकको छैन । सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भएको हो । हामी सहमति अन्तयतिर छौँ, उनले भने ।
कार्यदल बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । कार्यदलका सदस्यले एकचरण पार्टीमा पनि छलफल गर्ने र अन्तिम निष्कर्षमा पुग्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार