१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा हुने
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार ११:५७:५८
१० जेठ, काठमाडौं । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ ।
यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।
महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा वृत्तचित्र समावेश भएका छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने भएको छ । महोत्सवमा प्राप्त अफ्रिन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।
‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सव अध्यक्ष डा। मञ्जु मिश्रले भनिन् ।
यस्तै महोत्सवका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सवका निर्देशक डब्लु क्षत्रीले जानकारी गराएका छन् ।
बिगत १२ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन । बिगत झै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सवमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
अभिनेत्री पुजा शर्माको एक्शन फिल्म ‘दान्भी’ रिलिज
असार ७, २०८१ शुक्रबार
पाका कलाकारका चित्र एक साथ प्रदर्शनी
असार ५, २०८१ बुधबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
असार ९, २०८१ आइतबार
रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ जना घाइते
असार ९, २०८१ आइतबार
निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव गडतौलालाई
असार ९, २०८१ आइतबार
चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन
असार ९, २०८१ आइतबार
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
असार ९, २०८१ आइतबार
मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, चार बिरामी
असार ९, २०८१ आइतबार