काठमाडौंसंग ललितपुर पराजित
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १८:२९:२१
१६ जेठ, काठमाडौं । एनसिसी एस महिला तथा पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्र्तगत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् ।
काठमाडौँका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौँका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् । यसैगरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्या ढकालले समान एक÷एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
दशैंको किनमेल स्थानीय हाटबजारमा
असोज २५, २०८१ शुक्रबार
निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थी
असोज २५, २०८१ शुक्रबार
बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार