हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १६:३०:४३
२० जेठ, तनहुँ । हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । यही जेठ १७ गते अपरान्ह आएको हुरीले विद्यालयको दुई वटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो ।
विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिए । उनका अनुसार हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको छ । उनले भने, “अहिले हुरीले छाना नउडाएका तीन कोठामा नौ वटा कक्षा सञ्चालन गर्न बाध्य भएका छौँ । एउटा कोठामा भने कार्यालय सञ्चालन गरिएको छ ।”
छाना र गारो समेत भत्काउँदा रु चार लाखभन्दा बढीको क्षति भएको प्रधानाध्यापक वाग्लेले बताए । क्षतिको विवरण वडा कार्यालयलाई जानकारी गराइसकेको उनको भनाइ छ । वडा कार्यालयमा निवेदन दिने र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको उनले बताए । उक्त विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
गर्मी अत्यधिक बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक वाग्लेले बताए । तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उहाँले जानकारी दिए ।
सोही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्याएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्याएकाले तथ्याङ्क सङ्कलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार