जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार २०:५:३५
२१ जेठ, काठमाडौं। आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मको आइसीसी प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् । यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै नवौँ देखि १२ औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३ औं देखि २० औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ । यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्वकपमा ५ देशलाई एक समूहमा राखेर चार समूह बनाइएको छ । हरेक समूहमा एक अर्कासँग एक एक पटक खेलेपछि शीर्ष २ देश सुपर ८ मा पुग्ने छन् । विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियम मा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार