‘ह्रस्व दीर्घ’ चौथो पोस्टर : अभिनेत्री नीता हावी
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १२:३९:५४
३० जेठ, काठमाडौं । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टरमा उनले हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा र आदर्श मिश्रलाई उनको टाउकोको रुपमा प्रस्तुत गरिएको छ ।
रातो कुर्था र आँखामा चस्मा लगाएकी निताको चरित्र धार्मिक देखिन्छ । उनले दुईवटै नाडीमा एउटा मन्त्र लेखिएको चुरा आकारको पट्टा लगाएकी छन् भने हातमा रातो रंगले गोलो आकृति बनाएकी छन् । उनको क्यारेक्टर लुक्सले चञ्चल र रिसाहा युवतीको संकेत गर्छ ।
फिल्मकी निर्माता नीता नै हुन् । फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि उनले केही सफल भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन भने उनको यो पहिलो हो । यसमा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको पनि अभिनय छ भने साउथबाट ब्रह्मानन्दम र अलिसँगै प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार