गिरिबन्धु टि इस्टेटले भन्यो, ‘यो हाम्रो निजी जग्गा हो, कसैले पनि अनर्गल प्रचारमा टाउको दुखाउन आवश्यक छैन’
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १५:३०:६
३० जेठ, काठमाडौं । गिरीबन्धु टि इस्टेटले स्थानीयले चिया बगान हटाउन दवाव दिएपछि बगान स्थानान्तरण गर्नुपर्ने भनि गरेको सहमति अनुसार जग्गा सट्टापट्टाका लागि निवेदन सुरु भएको दाबी गरेको छ । यो जग्गा सरकारी नभएर गिरिबन्धुहरुकै भएकाले अरूले यसबारे टाउको दुखाउन आवश्यक नभएको दावी गरेको छ । झापाको बुट्टाबारीस्थित गिरी बन्धु टी इस्टेट प्रालिले यसमा अनर्गल प्रचार भएको बताएको हो ।
गिरीबन्धु टी–इस्टेट प्रालिले परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको हो । बुधबार झापामा पत्रकार सम्मेलन गर्दै गिरीबन्धु टी–इस्टेटले गिरीबन्धु आफुहरुको निजी सम्पति भएको भन्दै चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको छ ।
गिरीबन्धु टी–इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएको जस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरूमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेको भन्दै आपत्ती जनाए । पत्रकार सम्मेलनमार्फत प्रालिले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेको जस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ ।
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए ।
२०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको ठाउँमा वस्ती विस्तार भई बिर्तामोड बजारको विकास भएको र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको गिरीले बताए ।
उनले उक्त परिस्थितिका कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएकाले उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागि निवेदन गरिएको प्रष्ट पारे । उनले अदालतबाट समेत चिया बगानको लागि सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने आदेश आएकाले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार