गर्मी बढेसँगै नारायणी अस्पतालमा वीरगन्जमा बढे सर्पदंशका बिरामी
आबिद हुसेन
जेठ ३२, २०८१ शुक्रबार १८:४०:३
३२ जेठ, वीरगन्ज । गर्मी बढेसंगै वीरगन्जको नारायणी अस्पतालमा सर्प दशंका बिरामीहरुको संख्या अत्याधिक बढेको छ । नारायणी अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै सर्प दशंका ६१ जना बिरामीहरु उपचारका लागि भर्ना भएको अस्पताले जनाएको छ ।
जेष्ठ १५ देखि जेष्ठ ३१ गतेसम्म अस्पतालमा सर्प दंशका ६१ जना बिरामी उपचारका लागि आएको र तीमध्ये २० जना बालबालिका, २२ जना महिला र १९ जना पुरुष रहेको अस्पतालका सुचना अधिकारी सुनिल रौनियारले जानकारी दिए ।
जेष्ठ महिना कहिलेकाँही मात्र सर्पले टोेकेका बिरामी अस्पतालमा आउने गरेको थिए तर यो गर्मी अत्याधिक बढेयता अस्पतालमा दिनहुँ औसतमा ५÷६ जना सर्प दशंका बिरामी आइरहेका छन् । सर्प दशंका बिरामीको संख्या अप्रत्याशितमा रुपमा बढेको छ।’नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाबाट समेत सर्प दशंका बिरामी उपचारका लागि आउने गरेको आकस्मिक कक्षका डाक्टर एराज खानले बताए ।
नारायणी अस्पताालमा केहिदिन पहिलेसम्म सर्प दशंका बिरामीलाई लगाउनु पर्ने एन्टी स्नेक भेनम ९सुई० को अभाव रहेकोभएपनि अहिले भने अभाव नरहेको तर विषालु सर्पले डसेर जटील अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि भर्ना गरेर राख्नुपर्ने अवस्थामा भने आइसियु बेडको अभावले समस्या भइरहेको डाक्टर खानले बताए ।
उनका अनुसार, हिउँद याममा भन्दा गर्मी मौसममा सर्पको सकृयता बढ्ने गरेकाले सर्प दशंका घटना अत्याधिक हुने गरेको छ ।गर्मीमा पानी नरपरेर जमिनमुनिको तापक्रमपनि बढ्ने र त्यसले दूलो भित्र बस्ने गरेका सर्पहरु उकुसमुकुस भएर बाहिर निस्किने गरेको डाक्टर खानले बताए ।
सर्प दंशबाट जोगिन घरभित्र र वरिपरिका प्वालहरु टाल्नु पर्ने , रातिको समयमा अन्ध्यारोमा हिडडु्ल नगर्ने , हिड्नै परे चप्पल वा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिड्नु पर्ने , राति सुत्दा झुल टाँगेरमात्रै सुतनु पर्ने र भुंइमा नसुत्ने लगायतका सावधानीहरु अपाउन डाक्टर खानले सुझाव दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार