मनाङमा खाद्य उत्पादन वृद्धि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १२:३९:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/gahu_XaVpy1d08Y_QQixgXmCLF.jpeg)
२ असार, मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९-८० मा भन्दा चालु आर्थिक वर्ष २०८०-८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ ।
गत वर्ष एक सय पाँच हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेती दुई सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य भूमि वृद्धि भएर एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती दुई सय १८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताए ।
आर्थिक वर्ष २०७९-८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती एक सय २१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०-८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट एक सय ४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती एक सय २८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष तीन सय दुई हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती तीन सय २० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यतिबेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम सकिएको छ भने समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताए ।
जिल्लामा दुई हजार १७ हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्र हो । समुद्री सतहदेखि एक हजार आठ सयदेखि तीन हजार पाँच सय मिटर उचाइसम्म खेतीयोग्य भूमि रहेको छ ।
यहाँ आलु, गहुँ, करु, उवा, कोलु बोडी, जौलगायत अन्नबालीको उत्पादन हुन्छ । यहाँ धानखेती भने हुँदैन । विगतको तुलनामा सिञ्चित क्षेत्रमा नै खेती कम गरिएको पाइन्छ । समयमा हिउँ नपर्दा उत्पादनमा ह्रास आउने र खेतीतर्फ स्थानीयले चासो कम दिएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनीमा मौसम मापन केन्द्र स्थापना
असार १०, २०८१ सोमबार
पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
कोसी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुने
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
बालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार