रामहरी खतिवडाले गृहमन्त्रीका लागि विशेष खाजाको व्यवस्था भनेपछि भाँडियो राज्य व्यवस्थाको बैठक
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १३:६:९
२ असार, काठमाडौं । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित बैठकमा उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठक स्थगित भएको छ । निजामति सेवा सम्बन्धी विधेयकमाथि छलफलका लागि गृहमन्त्री रवि लामिछानेसहित गैरसरकारी संस्थाका प्रतिनिधिलाई पनि बैठकमा बोलाइएको थियो ।
गैरसरकारी संस्थाका प्रतिनिधि आफूसहित समितिमा उपस्थित भएका सबैलाई खाजा खुवाउने गरी आएका थिए । टेबलमा भीआईपी प्याक देखेपछि के हो भन्दै खोजि सुरु भयो । यसै क्रममा समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेका लागि आज खाजाको विशेष व्यवस्था गरिएको भन्दै मजाक गर्न खोजेका थिए । तर, एकाएक बैठक भाँडिन पुग्यो ।
समितिका सदस्य हृदयराम थानीका अनुसार आइतबार बिहान ८ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा अचम्मको दृश्य देखियो । बैठकमा छलफलको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । तर, बैठक कक्षमा टेबल अगाडि चम्चा काँटा र स्पेसल खाजाको व्यवस्था देखेर सांसद नै अचम्ममा परे ।
छलफलका लागि बोलाइएको गृहमन्त्री रवि लामिछाने बैठकमा पुगेपछि सांसदहरू पाइलट पेन र डायरी बाँडिएको थियो । भीआईपी स्टाइलमा रेस्टुरेन्टको नेप्किन, काँटा चम्चासहित खाजाको व्यवस्था देखेपछि सांसदहरू चकित परे । सांसदहरूले के हो आज समितिमा यस्तो नयाँ चीज देखियो भनेपछि समिति सभापति रामहरि खतिवडाले ठट्टा गर्दै आज बैठकमा माननीय गृहमन्त्री आउनुभएको भएर विशेष व्यवस्था गरिएको भने ।
त्यसपछि आफूले यो विषय मजाक रमाइलो त होला तर विषय गम्भीर पनि हो भन्ने कुरा राखेको सांसद हृदयराम थानीले बताए । कांग्रेसका सांसदहरू हृदयराम थानी, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रास्वपा सांसद चन्दा कार्की लगायतले समितिमा ल्याइएको खाजाको बारेमा प्रश्न उठाए ।
त्यसपछि गृहमन्त्री लामिछानेले के हो यस्तो नयाँ चिज देखियो, यसबारे प्रस्ट पार्नुपर्याे भनेर सभापति खतिवडालाई आग्रह गरे । सभापति खतिवडाले यो हाम्रै चिज हो, आन्तरिक रूपमा व्यवस्थापन गरिएको भनेर जवाफ दिए । खाजा खाउञ्जेल समितिको कार्यकक्षको दुवै ढोका लगाउन उनले मर्यादापालकलाई निर्देशन समेत दिएका थिए ।
त्यसपछि आन्तरिक रूपमा यसरी स्पेसल खाजाको व्यवस्था गर्ने हो भने समितिले धान्न सक्दैन भन्ने कुरा सांसदहरूले उठाए । खाजाको विषयमा विवाद चर्किएपछि समिति सचिव सुरज दुराले खाजा स्पोन्सर्ड अर्थात् कसैले प्रायोजन गरेको बताए । त्यसपछि खाजा कसले प्रायोजन गरेको हो भन्ने विषयमा सांसदहरूले प्रश्न उठाए ।
सांसदहरूले भने, ‘प्रायोजन हो भने बाहिरको मान्छेको होला, हामीले समितिमा छलफलका लागि बोलाउने र उनीहरुले दिएको खाजा खाने यो त भएन, यो अलि अशोभनीय देखियो ।’ खाजाको विषयमा विवाद चर्किएपछि एनजिओ प्रतिनिधि जुरुक्क उठेर सबैलाई नमस्कार गरे । उनले आफ्नो संस्थाले खाजाको व्यवस्था गरेको बताए । ती व्यक्तिले सांसदहरूलाई होटलमा लगेर छलफल गराउने कुरा पनि भएको तर संसदीय समितिमै छलफल गर्ने भनेर व्यवस्था गरेको बताए ।
राज्यको प्रतिनिधिको समिति जहाँ राज्यका लागि बनाइने कानुनको विषयमा छलफल हुने, कानुन के बनाउने कस्तो बनाउने छलफलमा अर्कैले प्रायोजन गरेको खाजा खाएर छलफल गराउन खोजेपछि गृहमन्त्री लामिछाने समितिको हलबाट बाहिरिएर, अरू सांसदहरूले पनि सभापति ज्यू समितिको बैठकमा यो राम्रो भएन । मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा भएन, हामी पनि यहाँ बस्ने कुरा भएन भन्दै बैठक कक्षबाट बाहिरिए ।
मन्त्री र सांसदहरूले खाजाको विषयमा प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेपछि समितिको बैठक स्थगित भएको हो । सांसदहरूले बाहिरको व्यक्ति संस्थाको खाजा समितिमा नल्याइयोस्, खाजा खुवाउने हो भने नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट मागेर ल्याउन सांसदहरूले आग्रह गरेर बाहिर निस्किए । सांसद निस्किएपछि सभापति खतिवडा पनि बाहिरिसकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार