काठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १४:३१:५६
२ असार, काठमाडौं । काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरेका छन् । अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सयौँको सहभागितामा निकालिएको सो जुलुसमा सहभागीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी गरेका थिए ।
‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमी कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरू आन्दोलनकारीले लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरूको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरीत दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरूको माग सम्बोधन नभए माइतीघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरूले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार