प्रधानमन्त्रीले रुचाएको ‘हेल्लो सरकार सेवा’ बन्द !
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १६:३१:३४
४ असार, काठमाडौं । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निगरानीमा सञ्चालन भइरहेको ‘हेलो सरकार सेवा’ अहिले बन्द छ । अनलाइन उजुरी तथा गुनासो गर्न मिल्ने एवं आफ्नो उजुरी वा गुनासोको अवस्था अनलाइनबाटै थाहा पाइने https://gunaso.opmcm.gov.np/ साइट डाउन भएको एक साता भन्दा बढी भइसकेको छ । हेलो सरकार सेवामा खटिएका कर्मचारीको फोन समेत उठन छाडेको छ ।
विगत एक सातादेखि जनताले आफ्ना गुनासो गर्न नपाएको गुनासो आइरहँदा पनि यो किन बन्द भयो र फेरी सुचारु हुन्छ कि हुँदैन भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कुनै जानकारी दिएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीका अनुसार प्राविधिक कारण सेवा बन्द भएको हो । सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि सो सेवा शुरु गरिएको थियो । यसअघि समय समयमा ‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन पनि दिँदै आएका थिए । २०८० भदौ १७ गते प्रधानमन्त्री प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर यसलाई फेरी सुरु गरेका थिए ।
उनले ‘हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ सो दिन गरेका थिए । आफूहरूलाई महत्वको नलाग्ने गुनासोहरू जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न र सार्वजनिक निकाय प्रतिको नागरिकका सुझावहरु अमृत बनाउने बताएका थिए । अहिले जनताको लागि दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण गुनासा तथा जिज्ञासाहरू सुनाउने निकाय नै बन्द हुँदा समेत प्रधानमन्त्रीले जानकारी नपाएझैँ गरेका छन् ।
विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिने व्यवस्था थियो । इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको थियो ।
हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोही अनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको थियो । तर, केही दिन यता यो सेवा अवरुद्ध छ, खुल्दैन । सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू यसमा खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार