न्यायाधीश नियुक्ति समयमै हुन्छ : मन्त्री गिरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १९:४२:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/padam-giri_HrJBBW6PrC_0uiRCk2QaG.jpg)
६ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै नियुक्ति हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन् ।
“अदालतहरुमा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने विषयमा सरकार गम्भीर छ”, मन्त्री गिरीले भने, “न्याय परिषद् सदस्यको हैसियतमा छिटोभन्दा छिटो न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाइ निष्पक्ष र सक्षम न्यायाधीश नियुक्ति गरी अदालतमा भएको मुद्दाको चापलाई घटाइ नागरिकलाई छिटोछरितो न्याय निरुपण गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।”
न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी बनाउन तथा अनुभवी, विज्ञ, योग्य र निष्ठावान न्यायाधीश नियुक्ति हुनुपर्ने विषयमा न्याय परिषद् स्पष्ट र प्रतिवद्ध भएको उल्लेख गर्दै उनले भविष्यमा न्यायाधीश नियुक्तिको विषयमा प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।
“मिडिया ट्रायलको आधारमा मुद्दा निरुपण हुने प्रश्नको सम्बन्धमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको हुँदा मिडिया ट्रायल वा अन्य कुनै आधारमा विवादको न्यायिक निरुपण हुन नसक्ने ब्यहोरा अनुरोध गर्दछु”, मन्त्री गिरीले भने, “तीन तहको न्यायिक संरचनामा तल्लो अदालतले गरेको न्यायिक निर्णयको माथिल्लो अदालतबाट पुनः परीक्षण गर्न सकिने कानुनी तथा संवैधानिक व्यवस्था रहेको सन्दर्भमा अदालत तथा न्यायिक निकायको विश्वसनीयतामा थप आशंका नगर्न आग्रह गर्छु ।”
नेपालको संविधान बमोजिम बनाउनुपर्ने कानुनको विषय उठान गरेको प्रश्नको सम्बन्धमा संविधान जारी भए पश्चात कानुन निर्माणलाई मन्त्रालयले मुख्य प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाएको जानकारी गराए ।
मन्त्रालयले सङ्घीय संसद्मा पेश गरिने विधेयकको प्राथमिकताको एकीकृत विवरण तयार गरिसकेको र पहिलो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या ६३, दोस्रो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या ३९ र तेस्रो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या १५ गरी कूल एक सय १७ विधेयकलाई प्राथमिकता निर्धारण गरिएको जानकारी दिए ।
सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयकलगायत महत्वपूर्ण विधेयकहरु सङ्घीय संसद्मा दर्ता भई प्रक्रिया अगाडि बढेको र विधेयक छिटो संसद्बाट पास हुन आवश्यक भएको उनले सदनमा जानकारी गराए । कानुन व्यवसायीको व्यावसायिकता र क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम प्रदान गर्न कानुन व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी) गठन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।
मन्त्री गिरीले कानुन व्यवसायीले पालना गर्नुपर्ने आचरण व्यवसायीले मुद्दाका पक्षलाई कानुनी सेवा उपलब्ध गराएवापत लिने शुल्कलाई पारदर्शी बनाउन कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सङ्घीय संसद्मा दर्ताको चरणमा रहेको जानकारी गराए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सामान्य प्रशासन तथा सङ्घीय मन्त्रालयसम्बन्धी छलफलमा सम्बन्धित मन्त्रीको जवाफ दिने कार्यसूची भए पनि हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते आइतबार ११ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत चयन र मुख्यसचिवको सरुवामा प्रधानमन्त्री प्रचण्डमाथि संसदमा उठ्यो प्रश्न
असार १३, २०८१ बिहिबार
एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
असार १३, २०८१ बिहिबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
असार १३, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
हिंसात्मक प्रदर्शनपछि केन्यामा विवादित विधेयक फिर्ता
असार १३, २०८१ बिहिबार
फोटोमा हेर्नुस् कागले आफ्नो बच्चालाई गरेको स्याहार
असार १३, २०८१ बिहिबार
डिपोजिट मेसिनमा कसरी जम्मा गर्ने चेक, यस्तो छ सिटिजन्स बैंकको प्रक्रिया ?
असार १३, २०८१ बिहिबार
राजदूत चयन र मुख्यसचिवको सरुवामा प्रधानमन्त्री प्रचण्डमाथि संसदमा उठ्यो प्रश्न
असार १३, २०८१ बिहिबार
चरालाई तर्साउन धान खेतमा राखिएको बुख्याचा
असार १३, २०८१ बिहिबार
भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण
असार १३, २०८१ बिहिबार