अभिनेत्री पुजा शर्माको एक्शन फिल्म ‘दान्भी’ रिलिज
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १७:३८:४१
७ असार, काठमाडौं । अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ । शुक्रबार नै स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ ।
‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएका कारण उनका फ्यानहरुमा फिल्मप्रति खास कौतुहलता रहेको छ । ट्रेलरमा पुजाको एक्सनको प्रशंसा भएको थियो । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ ।
रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।
त्यस्तै ‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यलाई विशेष ‘ट्रिब्यूट’ दिनका लागि १३ वर्षपछि पुनः रिलिज गरिएको छ । प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिखिल नयाँ हेयरका साथ पर्दामा फर्किने तयारीमा
असोज ११, २०८१ शुक्रबार
फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
असोज १०, २०८१ बिहिबार
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित
असोज १०, २०८१ बिहिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार