जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १४:२५:९
१० असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर समयमै निर्माण भएको उक्त भवन हालसम्म प्रयोगमा नआउँदा अलपत्र बनेको हो ।
निर्धारित समयमा भवन सम्पन्न भए पनि अहिले बजेट, जनशक्ति र आवश्यक उपकरण अभाव हुँदा प्रयोगमा आउन नसकेको अन्नपूर्ण–१ दोवाका वडासदस्य गोविन चोचाङ्गीले बताए । “तीन वर्षअगाडि सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ”, उनले भने, “जिल्लाका अन्य पालिकामा योजना अलपत्र परेको अवस्थामा दोवामा भवन निर्माण भए पनि उपकरण, चिकित्सकसहित जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा यस्तो अवस्था आएको हो ।”
वडासदस्य चोचाङ्गीका अनुसार अस्पतालको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । करिब १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अपाङ्गमैत्री संरचनामा निर्मित भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेका उनले जानकारी दिए ।
भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छभने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीको आवासका रुपमा प्रयोग गरिने जनाइएको छ । भवन निर्माणका लागि विसं २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाख ६० हजार छ सय ५२ मा ठेक्का सम्झौता गरेको थियो ।
अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीयले बताएका छन् ।
पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
अस्पताल सञ्चालनमा आएपछि दोवावासीलाई उपचारमा सहज हुनेछ । पालिकाभित्रका अन्य वडाका बासिन्दाको सहजतका लागि बेनी–पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामीण सडकमा ढलान, कालोपत्रसहितको स्तरोउन्नति आवश्यक देखिएको स्थानीय बताउँछन् ।
जिल्लाको मङ्गला, धवलागिरिमा पालिकास्तरीय अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् भने रघुगङ्गा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन नसकेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार