सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १४:४७:५३
♦ मुकेश कुमार यादव
१० असार, सिरहा । सिरहाको गोलबजारस्थित वर्धमान हस्पिटलमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा अस्पतालले भोलि ११ गतेबाट शिविर सञ्चालन गर्न लागेको हो।
अझैपनि गाउँघरमा पाठेघरको समस्याबाट पीडित रहेकाले निर्देशनालयले हामीसँगको साझेदारीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक डाक्टर शारीका गोइतले जानकारी दिए।
उनले भने, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको दिन्छौं।’
‘यो पनि एउटा रोग नै हो, त्यसैले हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ' भने। उनले औषधी, अस्पताल बस्दा विरामीका खानासमेत उपलब्ध रहेको बताए। विरामीको अप्रेशन स्त्री तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.शारीका गोइत र तेजशंकर यादवको टिमले गर्ने बताए।
सुत्केरी हुने भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरूमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०–६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार