छोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दति खाता उपहार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १३:४९:५५
११ असार, गलकोट 'बागलुङ' । यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु दुई हजार पाँच सयको मुद्दति खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरुको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दति खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।
छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकरात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दति खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए ।
“छोरीको उज्जवल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको रु दुई हजार पाँच सय ठूलो रकम बन्नेछ”, उपप्रमुख शर्माले भने, “यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरुको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँं ।”
बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दति खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए । नगरपालिकाले कुश्मिसेरालाई केरा पकेट क्षेत्रका रुपमा विकास गर्न ‘सेरा जाउ, केरा खाउ’ कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि उक्त कार्यक्रमका लागि रु १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने विश्वास लिइएको छ । यस्तै दूधको बिक्रीका आधारमा प्रतिलिटर रु एक अनुदान दिँदै आएको नगरपालिकाले आगामी वर्ष प्रतिलिटर रु तीन अनुदान दिने भएको छ ।
नगर प्रमुख नरबहादुर पुनले नगरभित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रुपमा रहेको सर्वोदय जनक माध्यमिक विद्यालयमा आवसीय सुविधासहित अध्यापन गराउने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार