दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १२:१७:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/health_MkEe9HQoKX_9iKLdwc377.jpg)
१३ असार, कालीकोट । कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, अटोक्ल्याब, स्टेचर, नर्मल फोल्डिङ बेड र म्याट्रिक, डेलिभरी सेट, इपी सेट, प्रक्नेन्ट टुल, ड्रम सेट, अक्सिजन सिलिण्डरलगायतका अत्यावश्यक उपकरण हस्तान्तरण गरिएकोे बताइन् । “दुर्गममा रहेका स्वास्थ्यचौकीमा गर्भवती तथा सुत्केरीका लागि निकै समस्या हुने भएकाले स्वास्थ्यचौकीमा प्रसूतिगृहका लागि केही सामग्री प्रदान गरेका छौँ”, उनले भनिन्, “यी सामग्री स्वास्थ्यचौकीका लागि सहयोगी बन्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।”
जिल्लाका विकट क्षेत्रका स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका प्रसूतिगृहका लागि अत्यावश्यक उपकरण सहयोगले गर्भवती तथा सुत्केरीका लागि केही राहत हुने पलाँता गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत हिमाल सञ्ज्यालले बताए । “यी सामग्रीले प्रसूतिगृहमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई निकै सहजता हुने र प्रसूति सेवा थप प्रभावकारी हुनेछ” उनले भने, “विगतमा केही समस्या हुने गरेमा अहिले यी सामग्रीले केही सहजता आउने अपेक्षा गरेका छौँ ।”
उपकरणकै कारण सुत्केरी हुन आएकालाई बाहिर पठाउनुपर्ने समस्या अन्त्य भएको जनस्वास्थ्य अधिकृत सञ्ज्यालले बताए। “सुत्केरी हुन आउनेहरूमा विगतमा प्रसूतिगृहमा सामग्री नहुँदा समस्या हुने गरेको थियो, अब सुत्केरी हुन गाउँपालिकाको केन्द्रमा जानुपर्ने बाध्यता हटेको छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
सहकारी ठगी प्रकरण, अध्यायनका लागि २० वटा सहकारीका अत्यावश्यक कागजात मगाइने
असार १६, २०८१ आइतबार
कस्तो छ बलिउड फिल्म कल्की २८९८ एडीको बक्स अफिस कलेक्सन ?
असार १६, २०८१ आइतबार
आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द, ४९ हजार यात्रु प्रभावित
असार १६, २०८१ आइतबार
नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते
असार १६, २०८१ आइतबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार