दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १०:४९:३३
१४ असार, काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहाँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह(अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।
जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मीराः स्याडो अफ अ रेन्बोको सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै
असार १६, २०८१ आइतबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
गीतको छायांकनसँगै चलचित्र 'यो मन त मेरो नेपाली हो' को शुटिङ्ग सकियो
असार ११, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा अर्जुन रसाइली निर्वाचित
असार १६, २०८१ आइतबार
अहिले पनि लोकतन्त्र खतरामा छ : अध्यक्ष नेपाल
असार १६, २०८१ आइतबार