रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार २१:४६:३
![](https://nepalbahas.prixacdn.net/media/albums/rabindra-jadeja-icc_BeKHhI3i5B_rx02UsJgUt.jpg)
१६ असार, नयाँ दिल्ली । भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन् । जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गरेका थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल भए ।
जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए । अर्कोतर्फ, ब्याटका साथ उनको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उहाँले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गरेका थिए ।
अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।
यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ ।
प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४/३ को अवस्थामा विराट (७६) र अक्षर पटेल (३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन) बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो । विराट र शिवम दुबे (१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन) बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६/७ मा पुर्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल
असार १८, २०८१ मंगलबार
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा
असार १८, २०८१ मंगलबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण
असार १८, २०८१ मंगलबार
कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिए राप्रपा र लोसपा
असार १८, २०८१ मंगलबार