कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १९:३०:१५
२५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।
प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६ दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए । जसमा चालुतर्फ रु नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८ दशमलव ३६) र पुँजीगततर्फ रु दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उनले बताए ।
“गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उनले भने, “चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।
चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा रु १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार