नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १९:२५:१४
२६ असार, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए ।
पर्सि २८ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ । समर्थन फिर्ता लिएपछि विश्वासको मत दिने त कुरै भएन’ प्रमुख सचेतक चौधरीले भने । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए । संघीय संसद्मा नाउपाका चार सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार