बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १४:३५:१०
२७ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई रु एक करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौजनालाई तयारी खाना वितरण गरिएको छ । हालसम्म एक सय ९१ परिवारलाई त्रिपाल, एक सय चार परिवारलाई कम्बल र २२ परिवारलाई भाँडाकुँडा सेट वितरण गरिएको छ ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रका पाँच सय ८५ जनाको उद्धार गरिएको अध्यक्ष नेपालले बताए । वर्षाका कारण यही असार १२ देखि हालसम्म २७ जिल्ला प्रभावित भएको रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट मनसुनको अवस्था र प्राप्त विवरणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नियमित सूचना सम्प्रेषण भइरहेको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।
रेडक्रसले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सदस्य निकायमा सूचना सम्प्रेषण भइरहेको उनको भनाइ छ ।
बाढीको उच्च जोखिममा रहेका बाँके, बर्दिया र कैलालीका १२ पालिकमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) को सहयोगमा बाढी पूर्वकार्य सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ । रेडक्रसले मनसुनजन्य विपद्मा तत्काल आपत्कालीन प्रतिकार्यका लागि सातै प्रदेश र ७७ जिल्ला शाखामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै प्रदेश र जिल्लामा मनसुन पूर्वतयारी र प्रतिकार्य सञ्चालनका लागि कार्ययोजनासहित अभिमुखीकरण कार्य सम्पन्न भएको रेडक्रसले जनाएको छ ।
गोदामघरमा राहत सामग्रीको भण्डारण र विपद् अतिजोखिम जिल्लामा पूर्वतयारीका लागि राहत सामग्री पठाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए । राहत सामग्री भण्डारण गर्ने र आवश्यकतानुसार तत्काल प्रतिकार्यका लागि प्रदेश र जिल्ला शाखाबाट प्रदेश र स्थानीय तहमा समन्वय भइरहेको उहाँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार