एमालेबाट विष्णु पौडेल अर्थमन्त्री पक्का, अरु को-को बन्दैछन् मन्त्री ?
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ९:१२:३
३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै कांग्रेस र आफ्नो दलबाट कम्तीमा १० सदस्यीय मन्त्रिपरिषद गठन गर्ने भएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा बिहान ११ बजे आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गर्ने तयारीमा लागेका हुन् ।
उनले एमालेबाट विष्णु पौडेललाई अर्थमन्त्रीका लागि तयारी गर्न भनिसकेका छन् । आइतबार साँझ बसेको सचिवालय बैठकले केही नामहरूबारे छलफल गरेको भएपनि पौडेलबाहेक कसैको टुंगो लागेको छैन ।
राष्ट्रपति कार्यालयले शपथ समारोहमा उपस्थित हुन सबै सांसदहरूलाई निमन्त्रणा समेत गरेको छ । सांसदहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी संघीय संसदका महासचिवलाई पत्र पठाइएको छ । काँग्रेससहित साना दलहरूको दुई तिहाइको समर्थनमा एमालेका अध्यक्ष केपी ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।
असार २८ गते पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । सोही दिन साँझ ओलीले कांग्रेस लगायत दलको समर्थनमा दाबी पेश गरेका थिए । यो सँगै ओली चौथो पटक प्रधानमन्त्री भएका हुन् । कांग्रेस एमालेको सहमति अनुसार एमालेले अर्थ,सञ्चार, भौतिक तथा पूर्वाधार मन्त्रालय पाउने निश्चित जस्तै छ ।
ती मन्त्रालयको लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे सामान्य छलफल भएको थियो । छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको बताइए पनि यसलाई सार्वजनिक गरिएको छैन ।
त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो राष्ट्रिय सभाबाट, भगवती न्यौपाने,दामोदर भण्डारी, पदम गिरी, ऋषिकेश पोखरेललाई पनि मन्त्री बनाउने बारेमा छलफल गरिएको थियो । छलफलमा आएका नामबारे ओलीले ११ बजेसम्म फेरबदल गर्ने अनुमान गरिएको छ । यसअघि कांग्रेस एमालेबीच मन्त्रालयको भागबन्डा आइतबार टुंगिएको थियो ।
एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।
त्यसैगरी गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कांग्रेसको भागमा परेको छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार