मुलुकको समग्र विकासका लागि नयाँ सत्ता समीकरण भएको हो : प्रदीप ज्ञवाली
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार २१:४:३
५ साउन, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मुलुकको समग्र विकासका लागि सत्ता समीकरण भएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई विकास र जनतामा विद्यमान निराशा चिर्ने दृढ सङ्कल्पसहित सत्ता समीकरण भएको दावी गरे ।
उपमहासचिव ज्ञवालीले भने, “नयाँ सत्ता गठबन्धन बनेपछि अहिले जुनखालका चर्चा भइरहेका छन्, विपक्षी दलले संविधानको धारा ७२ को उपधारा २ को गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी पनि गरे तर हामी सत्ताका लागि मात्रै एकठाउँमा आएका होइनौ, देशमा विद्यमान समस्या समाधान गर्ने दृढ राजनीतिक सङ्कल्पका साथ सत्ता समीकरण गरेका हौँ । अब सोहीअनुसार काम गर्छौ ।”
उनले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न एमालेले पार्टीका तर्फबाट ९९ बुँदै सुझावपत्र सरकारलाई बुझाएको समेत उल्लेख गरे । एक अर्को प्रसङ्गमा पूर्वमन्त्री ज्ञवालीले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेकाले त्यसले दिने प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकार अगाडि बढ्ने प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
मंसिर १९, २०८१ बुधबार