संविधान संशोधनको बहस सुरु भएपछि हिन्दूवादीहरू सक्रिय
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार २१:८:१६
५ साउन, काठमाडौं । राष्ट्रिय एकता अभियान काठमाडौंले आज संघीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले संविधान संशोधन नेताहरूको कुर्सी स्वार्थको लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताएका छन्।
विशेष गरी संविधान निर्माणको क्रममा जनताले संघीय हिन्दू गणतन्त्रको लागि दिएको दावी गर्दै सो कुरालाई अब संविधानमा समावेश गर्नुपर्नेमा उनले जोड दिए। यदि दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जन जागरण अभियान चलाएर संघीय हिन्दू गणतन्त्र स्थापनाको लागि दबाब सृजना गर्ने योजना बनाएको यादवले बताए।
कार्यक्रममा अभियानका वरिष्ठ नेता वीपी यादवले सत्ता स्वार्थको लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै संविधान संशोधनमा समावेशीताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने बताए। उनले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पुर्याउन सशक्त बनाउनुपर्ने बताए।
युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंह लगायतले पनि आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा दलित अभियन्ता राम कुमार पासवानको नेतृत्वमा १० जना राष्ट्रिय एकता अभियानमा विधिवत् रूपमा प्रवेश गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार