प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १३:५६:१२
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्ने प्रस्तावको पक्षमा नेपाली कांग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नेछ ।
बैठकले संविधानको धारा ७६ ९२० बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्रीलगायत मन्त्रिमण्डललाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
यसैगरी, बैठकले बङ्गलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेको उनले बताए ।
कांग्रेसले विगत केही समयदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरुको खोजी उद्धार, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
बीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार