बागमतीका जम्कट्टेल र लुम्बिनीका महराले मुख्यमन्त्रीबाट दिए राजीनामा
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १६:३८:३९
६ साउन, काठमाडौं । बागमती प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । आइतबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका हुन् । दुबै मुख्यमन्त्रीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाका १० दल र एक स्वतन्त्र मध्ये ८ दल र ४८ सदस्यको समर्थनमा चैत २३ गते महरा मुख्यमन्त्री बनेका थिए । नयाँ समीकरण अनुसार सरकार बनाउन एमालेले महरालाई दिएको समर्थन फिर्ता लिएपछि असार २० गतेदेखि उनी अल्पमतमा परेका थिए ।
एमालेले समर्थन फिर्ता लिएपछि उनको अहिले उनको समर्थनमा माओवादीका १०, नेकपा एकिकृत समाजवादीका १ र जनमोर्चाको एक गरी १२ जनाको मात्र समर्थन रहेको छ । स्पष्ट अल्पमतमा परेपछि उनले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
यस्तै आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर जम्कट्टेलले राजीनामा दिएका हुन् । विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर, माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।
लुम्बिनीका मुख्यमन्त्री महराले राजीनामा दिएपछि आइतवार नै एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा एमाले कांग्रेस मिलेर सरकार निर्माण गर्ने गरी दुई दलले तयारी गरेका छन् । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले दुई दल मिलेर एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको बताए । बागमतीमा कांग्रेसले बहादुरसिंह लामालाई मुख्यमन्त्रीमा अघि सार्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
माघ १४, २०८१ सोमबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार