प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइमा यौन दुर्व्यवहारका उजुरीमाथि स्पष्टीकरण लिइने
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार ११:९:१९
९ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको सुनुवाइ गर्दैछ । उनविरुद्ध यौन शोषणमा उजुरी परेका छन् । असार २१ मा गर्ने भनिएको संसदीय सुनुवाइ महिलाको उजुरी र बयानका कारण स्थगित गरिएको थियो । यसबारे प्रधानको स्पष्टीकरण सुन्न बुधबार बैठक बोलाइएको हो ।
प्रधानविरुद्ध सहकर्मी महिलालाई यौन शोषण र दुर्व्यवहार गरेको तथा पछि पैसा दिएर मिलापत्र गरेको उजुरी परेको छ । असार ७ मा सुनुवाइ समितिले प्रधानमाथि सुनुवाइ प्रारम्भ गरी उजुरी आह्वान गरेको थियो । असार १८ मा उजुरी तथा सूचना खोली सांसदहरूलाई वितरण गरी छलफल गरिएको थियो ।
उनी नेपाल कानुन समाजमा कार्यरत रहँदा यौन शोषण र दुर्व्यवहार गरेको भनी एक महिलाले उजुरी गरेको पाइएको थियो । उनले यौन शोषण गरेको सम्बन्धमा हस्तलिखित उजुरीसँगै अदालतमा गरेको मिलापत्र र रकम लेनदेनको प्रमाणहरूसमेत पेस गरेकी छन् ।
पीडित स्वयं समितिमा आएर आफूमाथि भएका यौन शोषण र दुर्व्यवहारका घटनाबारे बयान दिएपछि संसदीय समितिले प्रधानसँग असार २१ मा गर्ने भनिएको सुनुवाइ तत्कालका लागि स्थगित गरेको थियो । रिक्त रहेको निर्वाचन आयुक्त पदमा प्रधानलाई सिफारिस गर्न संवैधानिक परिषद्को असार २ को बैठकले सर्वसम्मत निर्णय गरेको थियो । लगत्तै संसदीय सुनुवाइ समितिमा पत्र पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार