समितिमा प्रधानले पेश गरे कार्ययोजना, विवादित व्यक्तिलाई नियुक्ति नगर्न आयोगको ध्यानाकर्षण
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १६:१७:३५
९ साउन, काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् । संसदीय सुनुवाइ समितिमा बुधबार भएको सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
उनले आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने, पदाधिकारी एवं जनशक्तिका लागि तालिम र अभिमुखीकरण गर्ने, सूचना प्रविधियुक्त निर्वाचन व्यवस्थापन गर्ने लगायतका विषय कार्य योजनामा उल्लेख छ । उनले राजनीतिक दलको आन्तरिक लोकतान्त्रिकरणमा पहल गर्ने लगायतका विषय पनि कार्य योजनामा राखेका छन् ।
यता, राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न ध्यानाकर्षण गराएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गरी संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारी लगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले कुन कुन निकायले कुन कुन विवादित व्यक्ति नियुक्ति तथा नियुक्ति सिफारिस गर्नुपर्याे भन्ने नखुलाए पनि संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिस गरेको कृष्णमान प्रधानमाथि एक महिलाले यौन शोषणको आरोप लगाएकी छन् । हाल उनको संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार