सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार २२:११:१०
१० साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा साविककै मन्त्रालय सङ्ख्या कायम गरेर आज मन्त्रिपरिषद्को कार्यविभाजन र हेरफेर गरिएको छ ।प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेशको मौजुदा मन्त्रिपरिषद् कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेका हुन् ।
हेरफेर र कार्यविभाजन अनुसार दीर्घबहादुर सोडारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन, टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी, ओमविक्रम भाटलाई सामाजिक विकास र माया पन्तलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि गएको असार १६ गतेमात्रै साबिकका यी सात मन्त्रालय फुटाएर बनाइएका दश मन्त्रालयमा मन्त्रिपरिषद्को सदस्यको कार्यविभाजन र हेरफेर गरिएको थियो । गएको वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सोडारी नेतृत्वको मन्त्रिपरिषद् हालसम्म पटकपटक हेरफेर र कार्यविभाजन भइसकेको छ । पछिल्लो पटक केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सरकारबाट बाहिरएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले यही साउन १८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार