काठमाडौं महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १५:८:५९
१३ साउन, काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।
यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको महानगरले जनाएको छ। यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको महानगरले भनेको छ। विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको महानगरले जनाएको छ ।
नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गर्न महानगरले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरूले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ। हामी यस विषयमा जानकारी लिँदैछौँ।’
विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरूको नम्बर उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार