आईजीपी साप ! भोलि तपाईँमाथि पनि छानबिन किन नगर्ने ? कांग्रेस सांसद थानी
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १८:१८:११
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री हृदयराम थानी नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर माथि खनिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी प्रमुख श्याम ज्ञवालीमाथि प्रतिशोधपूर्ण छानबिन थालेकोमा आपत्ति प्रकट गर्दै सांसद थानीले भने “आईजीपी साप ! भोलि तपाईँमाथि पनि छानबिन होला ? ख्याल गर्नुहोला ।”
बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै व्यक्तिगत रिसईवीका कारण पूर्वाग्रही ढंगले एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि तपाई आईजीपी कुँवरमाथि पनि छानबिन किन नगर्ने भन्दै आक्रोश प्रकट गरे ।
उनले आईजीपी कुँवरलाई आफू मातहत रहेको आफ्नै ब्याची प्रहरी अधिकारीलाई आज के कति कारणले छानबिन गर्नुपर्यो भन्दै प्रश्न गरेका छन् । उनले भने– सीआईबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईँमाथि पनि छानबिन होला । तपाईँको प्रत्यक्ष मातहतको विभाग सीआईबी प्रमुख , त्यही एआईजीको हाकिम होइन ?’
उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी संगठनमा निकम्मा नेतृत्व, भ्रष्ट र भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न पनि आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
भदौ ३०, २०८१ आइतबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
असोज १, २०८१ मंगलबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
असोज १, २०८१ मंगलबार
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
असोज १, २०८१ मंगलबार